Rumpum Advertisement
Dazzu

फर्नान्डेस चम्किँदा इभर्टनमाथि युनाइटेडको जित

फर्नान्डेस चम्किँदा इभर्टनमाथि युनाइटेडको जित

विराटनगर, २२ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले इभर्टनमाथि ३-१ गोलकाे जित निकालेकाे हो ।

इभर्टनको मैदानमा भएकाे खेलमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेसले दुई गाेल गरे भने इडिन्सन काभानीले एक गाेल गरे । इभर्टनका बेर्नान्डले एक गोल गरे ।

खेलमा घरेलु टाेलीले सुरुवाती अग्रता बनाएकाे थियो । खेलकाे १९औं मिनेटमा बेर्नान्डले गोल् गर्दै इभर्टनलाई अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ३२औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दाेब्बर बनाए ।

खेलको इन्जुरी समयमा काभानीले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाए ।

जितसँगै युनाइटेडले लिगमा तेस्रो जित निकालेको छ । ७ खेलमा १० अंक जोड्दै युनाइटेड १३औं स्थानमा उक्लिएको छ ।

इभर्टन ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा छ ।