Rumpum Advertisement

बाबुको किरियामा बसिन् छोरी

बाबुको किरियामा बसिन् छोरी

विराटनगर, २२ कात्तिक । झापाको गौराहदमा बाबुको मृत्युपछि १३ दिने काजकिरियामा छोरी बसेकी छन् ।

गौराहदह नगरपालिका–१ का ९० वर्षीय डा. जगतबहादुर बस्नेतको १३ दिने काममा उनकी छोरी कविता बस्नेत बसेकी हुन । डा. बस्नेतको एकमात्र सन्तान छोरी भएकाले उनैले काजकिरिया गरेको आफन्त ईन्द्र ढुङ्गेलले बताए । भारतको कोलकत्ताको सरकारी अस्पतालमा सेवानिवृत्त भएका ढुङ्गेलले जानकारी दिए । सेवापछिको जीवन भने बस्नेतले झापाको गौराहदमा बिताइरहेका थिए ।

बाबुको काममा छोरीलाई समाजले बस्न लगाएको ढुङ्गेलले बताए । मृतकका भारतमा रहेका दाजुभाइ कोरोनाका कारण आउन नपाएको पनि उनले जानकारी दिए । मृतककी श्रीमतीको केही वर्षअगाडि नै मृत्यु भइसकेको थियो ।