Rumpum Advertisement

जीवन

जीवन
सानु शाही पुलामी

भीर या अक्करमा पनि
कठिन सहारासाथ फुलेका फूलहरूलाई सोध
जीवनको परिभाषा
मरुभूमिबीच पनि
मर्दै बाँच्दै गरेका
क्याक्टसलाई सोध
जीवनको उद्र्धगामी चिनारी
नदीका लहर लहरबीच
लैरीरहेका उत्ताल प्रेमिल तरङ्गहरूलाई
निहार
खोज व्योमका सबै परिधिभित्र पसेर
व्यास र अद्र्धव्याससहित जीवनको निखुरा परिचय
जीवन आटव्य स्थावरबीच
हरियो भएर बाँचिरहन सक्छ
जीवन आँधीहुरीबीच पनि
दुवोझैँ लहरी रहन सक्छ
जीवनले कहिले खण्डीय
र कहिले खण्डेत्तर वर्णभई दाम्पत्यमा
प्रेमिल मुस्कान पनि छर्न सक्छ ।

मैले, तिमीले र उसले
जसजसले भए पनि जीवन भोगेका छौं
जीवन खेपेका छौं
भाव, अभाव र प्रभावका चेप चेपबाट
जीवन जहिल्यै संघर्षका मैदानमा पनि
खिल्खिलाउन सक्छ
जीवन जहिल्यै धोका र षडयन्त्रका माझ पनि
अट्टहास हाँस्न सक्छ ।

म जीवनलाई
युगौंयुगदेखि
प्रेम गर्दै आइरहेको छु
म जीवनलाई
सदियौंदेखि
भोग्दै आइरहेको छु
त्यसैले मलाई मेरो जीवन अति प्यारो छ ।