Rumpum Advertisement
Dazzu

प्लाज्मा थेरापीका लागि रक्तदान

प्लाज्मा थेरापीका लागि रक्तदान

विराटनगर, २२ कात्तिक । कोरोना संक्रमितको प्लाज्मा थेरापी पद्दतिद्वारा उपचारका लागि रगतको अभाव हुन नदिन शनिबार जिल्ला प्रहरी कार्यालय मोरङका १८ प्रहरीले रक्तदान गरेका छन् ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ४० दिन नकटेका १८ प्रहरीले रक्तदान गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको थियो ।