Rumpum Advertisement
Dazzu

सरिताको ‘मन पराउँछु माया गर्छु’ सार्वजनिक

सरिताको ‘मन पराउँछु माया गर्छु’ सार्वजनिक

विराटनगर, २२ कात्तिक । पूर्वेली गायिका सरिता राईको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोज रहेको गीत कुन्दन राईले एरेन्ज गरेका हुन् । गीतमा प्रेम र रोदनलाई कलात्मकरुपमा समेट्न खोजिएको छ ।

गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । वसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेको गीत शीरकुमार साङपाङले छायांकन गरेका हुन् । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ ।