Rumpum Advertisement
Dazzu

करेन्ट लागेर पथरीशनिश्चरेमा एकको मृत्यु

करेन्ट लागेर पथरीशनिश्चरेमा एकको मृत्यु

विराटनगर, २२ कात्तिक । मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–८ मा करेन्ट लागेर सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुवरलालको मृत्यु भएको हो ।

साँझ ६ बजेतिर करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा आधा घण्टापछि मोरङ अस्पताल पथरीमा मृत्यु भयो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।