Rumpum Advertisement
Dazzu

बैंग्लोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

बैंग्लोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

विराटनगर, २१ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादले क्वालिफायरमा स्थान पक्का गरेको छ ।

शुक्रबार राति भएकाे एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंग्लोरले दिएको १३२ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.४ओभर ४ विकेट गुमाउँदै भेट्टायो

हैदराबादका लागि केन विलियम्सनले अविजित ५० रनको अर्धशतकीय पारी खेले । यस्तै जासन होल्डरले अविजित २४ रन बनाउँदा मनिष पाण्डेले २४ रन तथा कप्तान डेभिड वार्नरले १७ रन बनाए ।

बैंग्लोरका मोहम्मद सिराजले २ विकेट लिँदा एडम जाम्पा र युजभेन्द्र चाहलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा १३१ रन बनाएको थियो । बैंग्लोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा आरोन फिन्चले ३२ रन बनाए ।

शिबम दुबेले ८ रन जोड्दा कप्तान विराट कोहलीले ६ रन जोडे ।

हैदराबादका जासन होल्डरले ३ विकेट लिँदा टी नटराजनले २ विकेट लिए । यस्तै शाहबाज नदिमकाे नाममा १ विकेट रह्याे ।

अब हैदराबादले फाइनलमा स्थान बनाउन दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दोस्रो क्वालिफायर खेल आइतबार हुनेछ ।

दिल्ली र हैदराबादको विजेताले उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्नेछ । मुम्बई फाइनल प्रवेश गरिसकेको छ ।

यसैगरी बैंग्लोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।