Rumpum Advertisement
Dazzu

कोरोनाको खोप खरिद प्रक्रियाका लागि पहल

कोरोनाको खोप खरिद प्रक्रियाका लागि पहल

विराटनगर, २२ कात्तिक । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो । परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्राउन सरकार सक्रिय रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको बताए । अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् ।

उहाँले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए । डा. ज्ञवालीले खोप परीक्षण र खोप भित्राउने कार्यक्रम भने छुट्टाछुट्टै विषय भएको बताए ।

यो चिकित्सा विज्ञानको एक प्रकारको नियमित गतिविधि भएकाले नेपालमा खोपको क्लिनिकल परीक्षण हुँदैमा डराउनुपर्ने विषय नरहेको उनले बताए । तथापि त्यो खोप नेपालमा नभित्रिएको अवस्थामा पनि क्लिनिकल परीक्षण भने जारी रहने विश्वास सम्बन्धित मुलुकका कम्पनी र सरकारलाई दिलाइएको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ