Rumpum Advertisement
Dazzu

बढ्यो गैँडाको चोरी सिकार

बढ्यो गैँडाको चोरी सिकार

विराटनगर, २२ कात्तिक । गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो । छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो “चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो ।”

पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शूून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।
झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो । भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ ।

यसरी पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जभित्र एकपछि अर्को गैँडा मार्न चोरी सिकारी सफल भएका छन् । साउन यता चालू आर्थिक वर्ष ०७७/७८ मा भेटिएका १२ वटा मृत गैँडामध्ये चारवटा चोरी सिकारीले मारेको निकुञ्जसँग तथ्याङ्क छ ।

चितवन निकुञ्जमा चोरी सिकारीले विगत चार वर्षयता कुनै पनि गैँडा मार्न नसकेको बेला अहिले एक्कासि भटाभट गैँडा मारेर खाग लान सफल भएका छन् । २०७३ चैत यता चार निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । आर्थिक वर्ष ०७६/७७ मा निकुञ्जमा २६ वटा गैँडा मरेकामा सबै कालगतिले मरेका थिए । चोरी सिकारीले मारेको गँैडा भेटिएसँगै निकुञ्जमा चोरी सिकारी लामो समयपछि सलबलाउन थालेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ