Rumpum Advertisement
Dazzu

विराटनगरको नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु

विराटनगरको नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु

विराटनगर, २२ कात्तिक । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एक जना वृद्धा छिन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि महिलालाई उपचारका लागि कात्तिक १५ गते उपचारका लागि भर्ना गरिएको थियो ।

महिलाको बिहान ३ बजेतिर ज्यान गएको दाहालले बताए । अस्पतालले मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन ।

त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै शुक्रबार राति मृत्यु भएको छ । दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा राति नौ बजेतिर मृत्यु भएको हो ।