Rumpum Advertisement
Dazzu

संक्रमित वृद्धा महिलाको मृत्यु

संक्रमित वृद्धा महिलाको मृत्यु

विराटनगर, २२ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण धरान उपमहानगरपालिकाकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ९ की ६७ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बेलुका ६ बजे मृत्यु भएको हो । मधुमेह र मानसिक रोगबाट पीडित महिलालाई कोरोनाको लक्षणसँगै कात्तिक १८ गते भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकी महिलाको १९ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । स्वास्थ्य अवस्था गम्भीर भएसँगै उपचारका क्रममा कोभिड १९ अस्पतालमा भर्ना गरेको ४ दिनपछि महिलाको मृत्यु भएको हो ।