Rumpum Advertisement
Dazzu

अमेरिकामा संक्रमित संख्या एक करोड नाघ्यो

अमेरिकामा संक्रमित संख्या एक करोड नाघ्यो

विराटनगर, २२ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या एक करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २३ हजार छ सय ३१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या एक करोड ४९ हजार छ सय ७७ पुगेको हो । कोरोनाका कारण दुई लाख ४२ हजार एक सय ६१ जनाले अमेरिकामा ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार एक सय ७९ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ६३ लाख ८४ हजार तीन सय ५६ जना उपचारपछि घर फर्किएका छन् । ३४ लाख २३ हजार एक सय ६० जना उपचाररत रहेकोमा १८ हजार दुई सय १४ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या ८४ लाख ६० हजार सात सय ७३ पुगेको छ । एकै दिन ४९ हजार सात सय ३९ नयाँ बिरामी थपिए । एक लाख २५ हजार छ सय पाँच संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ७६ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ७८ लाख १८ हजार चार सय ३४ जनाको उपचार सम्भव भएको छ । पाँच लाख १६ हजार सात सय ३४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५६ लाख ३२ हजार पाँच सय पाँच पुगेको छ । एक लाख ६२ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सफल भएको छ । चार लाख छ हजार एक सय २६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड ९६ लाख ३१ हजार पाँच सय ८२ पुगेको छ । एकै दिन छ लाख पाँच हजार पाँच सय ९८ जना नयाँ संक्रमित थपिए ।

विश्वमा ज्यान गुमाउने संक्रमितको संख्या १२ लाख ४७ हजार नौ सय १९ पुगेको छ । एकै दिन नौ हजार संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये तीन करोड ५२ लाख ३८ हजार दुई सय तीन जनाको उपचार सम्भव भएको छ । एक करोड ३१ लाख ४५ हजार चार सय ६० जना उपचाररत रहेकोमा ९० हजार सात सय ११ जनाको अवस्था चिन्ताजनक छ ।