Rumpum Advertisement

तानाबाना बुनेर पार्टी फुटाउने प्रयास भइरहेको छ, तर नेकपा फुट्दैन : मुख्यमन्त्री राई

तानाबाना बुनेर पार्टी फुटाउने प्रयास भइरहेको छ, तर नेकपा फुट्दैन : मुख्यमन्त्री राई

शेरधन राई, मुख्यमन्त्री

नेकपाभित्रको आन्तरिक संघर्षको अनेक ढंगले ब्याख्या भइरहेको छ । पार्टी फुट्छ भनिँदैछ । तर होइन् ।

बाहिर आज नेकपालाई फुटाउनका निम्ति कमजोर बनाउन अनेक प्रयास भइरहेका छन् । सरकार र संघीयतालाई असफल बनाउन देशभित्र र बाहिर धुपबत्ती बालेर अनेकौं खालका षडयन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । अलमल्याउने र घेराबन्दीमा पार्ने प्रयास पनि भइरहेको छ । तर दस लाखभन्दा बढी कार्यकर्ता र लाखौं मतदाताले नेतालाई खबरदारी गरेका छन् । हामीले खबरदरी गरेका छौं । नेकपा कुनैपनि हालतमा फुटदैन् । फुट्न हुँदैन् ।

नेकपा फुट्नका निम्ति, अलमलिन र टुट्नका निम्ति बनेको होइन् । चिराचिरा भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै विभिन्न धारा र बाटामा हिँडेका आन्दोलनलाई एउटै राजमार्गमा मूल प्रवाहमा ल्याइएको छ । जनताको राष्ट्रिय आकाक्षा पूरा गर्दै नयाँ नेपाल निर्माण गर्न नेकपा बनेको हो । संविधान कार्यान्वयन र संघीयताको पूर्ण कार्यान्यन नेकपा बनेको हो ।

एतिहासिक दायित्वलाई पूरा नगरी नेकपाले यताउता दायाँबायाँ गर्न पाउँदैन । यसमा नेकपा नेतृत्व सचेत छ । पार्टी नेतृत्वले षडयन्त्रलाई नजिकबाट बुझेको छ । हामीले पनि बुझिराखेका छौं ।
संघीयता कार्यायन हुन नदिने तत्व नेकपा फुटाउन र विभाजन गर्न लागेको छ ।

त्यस्ता तत्वलाई पराजित गर्न हामी सक्षम छौं । नेकपाभित्र र बाहिर जे जस्ता समस्या छन् पार्टीले विधि र पद्दतीबाट सामधान गर्न सक्छ । सामधान गरेर अघि बढ्छ । नेकपा फुटिहाल्छ भनेर चलेको हल्लाको विश्वास नगर्न आग्रह गर्दछु ।

विकास र समृद्धिको आकाक्षा पूरा गर्न नेकपा नेतृत्व अविचलित रूपमा अघि बढ्ने छ । तीन तहका सरकार अविचलित रूपमा काम गर्नेछ । हामीले गरिरहेका छौं ।

(मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका– ७ मा आयोजित एकीकृत नमूना बस्ती हस्तान्तरण कार्यक्रममा व्यक्त गरेको मन्तब्यको सम्पादित अंश)

प्रतिक्रिया

  1. अनि हजुरहरुकै संघीय मन्त्रीपरिषदले संघीयता खारेज गरिसकेको होइन र मुख्य मन्त्री ज्यु? अहिले संघीय गणतन्त्र नेपाल भन्न लेख्न नपाइने नेपाल मात्र भन्न लेख्न पाइने परिपत्र जारी गरिएको छ, होइन र?

Comments are closed.