Rumpum Advertisement
Dazzu

व्हाट्सएपमा सात दिन पुरानो मेसेज स्वत: मेटिने

व्हाट्सएपमा सात दिन पुरानो मेसेज स्वत: मेटिने

विराटनगर, २१ कात्तिक । व्हाट्सएपमा, चाँडै ‘डिस्एपिएरीङ मेसेज’को एक नयाँ विकल्प आउने भएको छ, जसमा सात दिन पुरानो मेसेज स्वत: मेटिने छन् ।

यस नयाँ विकल्पलाई इनएबल गरेको खाण्डमा मेसेज पठाउने तथा मेसज प्राप्त गर्नेबीच सात दिनपछि पठाइएका सन्देश आफैँ मेटिने छन् ।

व्हाट्सएपका अनुसार सन्देशको म्याद सात दिनमा सकिन्छ । यस नयाँ सेटिङले कुराकानीलाई निजी राख्न मद्दत गर्छ ।

तर, मेसेज प्राप्त गरेको सात दिनपछि पनि कुनै सन्देश, फोटो वा भिडियो आफूसँग राख्न चाहेमा पहिले नै स्क्रिनसट लिन वा फर्वार्ड गर्न सक्ने व्हाट्सएपले जनाएको छ ।

यसको मतलब डिस्एपिएरीङ मेसेजको विकल्प छनौट गरेपनि मेसेजलाई कहीँ पनि सेभ गर्न सकिन्छ ।

‘डिस्एपिएरीङ मेसेज’ को विकल्प यस बर्ष नोभेम्बरको अन्त्यसम्म देखा पर्ने भएको छ ।

सन् २०१९को अप्रिलमा, फेसबुकका संस्थापक मार्क जुकरबर्गले प्रयोगकर्तालाई थप गोपनीयता प्रदान गर्न साामजिक सञ्जालमा धेरै परिवर्तन गर्ने वाचा गरेका थिए ।

‘डिस्एपिएरीङ मेसेज’को विकल्प यसकै अंश हो । मेसेजलाई कुनै पनि प्लेटफर्मबाट अर्कोमा सेयर गर्नका लागि कम्पनीले यसको मेसेजिङ प्लेटफार्म व्हाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर एकीकृत गर्न कोशिस गरिरहेको छ ।

त्यसपछि, व्हाट्सएपबाट पनि कसैलाई फेसबुक वा इन्स्टाग्राममा मेसज पठाउन सकिनेछ ।

व्हाट्सएपको प्रतिद्वन्द्वी मेसेजिङ एप स्नैपच्याटसँग पहिले नै ‘डिस्एपिएरीङ मेसेज’को विकल्प रहेको छ ।