Rumpum Advertisement
Dazzu

ढाकामा व्यस्त नेपाली फुटबल टोली (फोटो फिचर)

ढाकामा व्यस्त नेपाली फुटबल टोली (फोटो फिचर)

काठमाडाैं, २१ कात्तिक । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ ।

बगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।

मैत्रिपूर्ण खेलका लागि यति बेला नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारेन्टाइन बसाई पछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ ।

बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्डअनुसार क्वारेन्टाइन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो ।

यसअघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नतिजा आएको छैन ।

पीसीआर परिक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास सुरु गर्ने  तालिका रहेको छ ।

रिपोर्ट आउनु पूर्वटोलीले शुक्रबार क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो ।

होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । यससँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आतुर छन भन्ने प्रस्टाएको छ । 

पाँच दिनको होटेल आइसोलेशनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिनपछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ ।

कोरोना भाइरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो । 

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ ।

जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।