Rumpum Advertisement

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर, २१ कात्तिक । मोरङको उर्लाबारीमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

रतुवा खोलामा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर उर्लाबारी नगरपालिका–९ का ३५ वर्षीय विनोद परियारको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले करेन्ट लागेर घाइते भएका परियारको उपचारका क्रममा अरनिको अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको बताए ।

शवलाई पोस्टमार्टमका लागि लगेर घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।