Rumpum Advertisement
Dazzu

विराटनगर दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

विराटनगर दुर्घटना अपडेट  : मृतक र घाइतेको पहिचान खुल्यो

विराटनगर, २१ कात्तिक । विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा पूजाको आफन्त उदयपुर बेल्टारकी २५ वर्षीय विद्या कटवाल र अटो चालक विराटनगर – १३ का  ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते भएका छन् ।

पूजाको  उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते युवती मृतक युवतीकाे घरमा पाहुना आएकाे बताइएकाे छ । दुबै जना अटोमा बजार तर्फ आइरहेको प्रहरीले जनाएकाे छ ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले सडक पार गर्दै गरेको को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो ।

प्रहरीले तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाको छ । दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ ।

प्रहरीले लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।