Rumpum Advertisement
Dazzu

काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुन्छ : मन्त्री ज्ञवाली

काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुन्छ : मन्त्री ज्ञवाली

काठमाडाैं, २१ कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वर्षको वैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढीरहेको उल्लेख गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुर्ननिर्माणको काम सम्पन्न भइरहेकोमा खुसी पनि व्यक्त गरे ।

उनले काष्ठमण्डपको काम तीब्रताका साथ र मौलिकताका साथ भइरहेकोमा खुशीसमेत व्यक्त गरे ।

स्थानीयसमेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागतभन्दा एक तिहाइ कम रकममा सम्पदाको संरक्षण र पुनर्निर्माण भइरहेको उनले बताए ।

उनले सांस्कृतिक सम्पदाहरूको पुर्ननिर्माणमा स्थानीयलाई सहभागी गराउने नीतिले पुनर्निर्माणको क्षेत्रमा नमूना स्थापित गरेको पनि बताए ।

स्थानीयको सहभागितामा हुने पुनर्निर्माणले सम्पदाहरूको मौलिक स्वरुप नबिग्रिने उनले बताए ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको वैशाख १२ गते उद्घाटन गर्नेगरी अहिले काम जारी रहेको छ ।