Rumpum Advertisement
Dazzu

विराटनगरमा ८९ सहित प्रदेशमा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगरमा ८९ सहित प्रदेशमा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक । प्रदेश १ मा शुक्रबार थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनवर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा २८, बिर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १– १, इलामको इलाम नगरपालिकामा २ र सूर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ११७ पुगेको छ ।

प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।