Rumpum Advertisement
Dazzu

‘ए मेरो हजुर ३’ ट्रेन्डिङको शीर्ष स्थानमा

‘ए मेरो हजुर ३’ ट्रेन्डिङको शीर्ष स्थानमा

विराटनगर, २१ कात्तिक । अभिनेता अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ३’ ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड गरिएको फिल्म २४ घन्टा नबित्दै ट्रेन्डिङ नम्बर १ मा पुगेको हो । कोरोना महामारीका कारण आठ महिनादेखि राम्रो फिल्म हेर्न नपाएका तथा  लामो समयदेखि प्रतीक्षा गरेका कारण तिहारको उपहारस्वरूप फिल्म सार्वजनिक गरिएको थियो ।

युट्युबमा सार्वजनिक यो फिल्मले छोटो समयमै १७ लाखभन्दा बढी भ्यूज पाएको हो । फिल्मलाई १ लाख १४ हजार बढिले लाइक गरेका छन् भने ५ हजारले मात्र डिसलाइक गरेका छन् ।

सुनिल थापाको निर्माण र झरना थापाको निर्देशनमा तयार भएको फिल्ममा अनमोलले गायक र सुहानाले उनको फ्यानको भूमिकामा निर्वाह गरेका छन् ।

फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, विशाल पौडेल, सरोज खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई दर्शकहरूले निकै रुचाएका छन् । ‘ए मेरो हजुर ३’ यूट्युबमा सबैभन्दा धेरै पटक हेरिने पहिलो नेपाली फिल्म बन्ने समेत अनुमान गरिएको छ ।

कोरोनाको जोखिमका कारण रोकिएको फिल्मको चौथो पार्टमा अनमोल र सुहानाका साथै अभिनेता सलोन बस्नेत र मोडल तथा गायक दुर्गेश थापाको पनि मुख्य भूमिका रहने छ ।