Rumpum Advertisement
Dazzu

हालाण्ड भित्र्याउने रियलको योजना

हालाण्ड भित्र्याउने रियलको योजना

विराटनगर, २१ कात्तिक । स्पेनिस च्याम्पियन रियल मड्रिडले नर्वेजियन स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्डलाई २०२२ सम्ममा अनुबन्ध गर्ने योजना बनाएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार हालाण्डलाई आगामी १८ महिनाभित्र अनुबन्ध गर्ने रियलको योजना रहेको स्पेनिस मिडिया ‘एएस’को रिपोर्टमा जनाइएको छ ।

डर्टमुण्डका ‘गोल मेसिन’ हालाण्ड रियलको पहिलो प्राथमितामा रहेको बताइएको छ । हाल कोरोना महामारीका कारण क्लबको आर्थिक प्रभाव परेकाले २०२२ सम्ममा उनलाई अनुबन्ध गर्ने रियलको योजना छ ।

खबरका अनुसार रियलले हालाण्डका लागि नर्वेकै मिडफिल्डर मार्टिन ओडेगार्डलाई बेच्ने तयारी गरेको छ । हालाण्डको राष्ट्रिय टोलीका सहकर्मीसमेत रहेका ओडेगार्डलाई बेचेर हालाण्ड किन्ने रियलको योजना रहेको जनाइएको छ ।

२० वर्षीय हालाण्डले यस सिजनमा क्लब र देशका लागि गरी १५ खेल खेल्दा १६ गोल गरेका छन् ।