Rumpum Advertisement
Dazzu

घरबाहिर निस्कँदा बोक्नैपर्ने यी पाँच सामग्री

घरबाहिर निस्कँदा बोक्नैपर्ने यी पाँच सामग्री

विराटनगर, २१ कात्तिक । घरबाहिर हिँड्दा पर्स, वालेट र सेल फोन कहिले पनि लिन बिर्सदैनौँ । तर, अब कोरोना भाइरस महामारीको समयमा घरबाहिर निस्कँदा बोक्ने समानहरूको सूचीमा केही थप्नुपर्ने हुन्छ ।

कोभिडले मानव जीवनलाई धेरै तरिकाले परिवर्तन गरेको छ । सार्वजनिक स्थानमा हुँदा वा रोग सार्ने किटाणु र ब्याक्टेरियाको जोखिम कम गर्न थप सावधान हुनु आवश्यक छ ।

सुरक्षित रहनका लागि तल दिइएका ५ चिज जहिले पनि घरबाहिर निस्कँदा आफैं बोक्नुपर्छ ।

मास्कः कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउन सबैभन्दा प्रभावकारी मानिन्छ । मास्कले कोरोना भाइरसबाट मात्र नभएर जाडोको समयमा हुने विभिन्न फ्लू र भाइरल संक्रमणबाट पनि बचाउँछ ।

श्वासप्रश्वाससम्बन्धी रोगहरू थुकका थोपाको माध्यमबाट प्रसारण हुन्छन् । धुलो, भाइरसलाई श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्नबाट रोक्नको लागि मास्क एक प्रभावकारी तरिका हुन सक्छ । घरबाट निसक्किन अगाडि २ वटा मास्क बोकेर हिँड्नु उपयुक्त हुन्छ ।

स्यानिटाइजरः घरबाहिर धेरै चिजको सम्पर्कमा आउने हुन्छ । हामीले छुने सतहमा कस्ता प्रकारका रोगका किटाणु छन् भनेर कसैलाइ पनि थाहा हुँदैन ।

कोभिडको संक्रमण रोक्न आफ्नो हात पनि सफा राख्नुपर्ने हुन्छ । साबुनपानीले हात धुनु संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका हो । तर, साबुनपानीको अभावमा, सेनिटाइजर उत्तम विकल्प हुन सक्छ ।

कम्तिमा ६० प्रतिशत इथानोल वा आइसोप्रोपाइल अल्कोहल स्यानिटाइजर बोकेर मात्र घरबाट निसक्किनुपर्छ ।

डिस्इन्फ्याक्ट्यटन्टः सतहमा रहेको भाइरस हटाउन यात्रा गर्दा डिस्इन्फ्याक्ट्यटन्ट बोक्नु राम्रो हो । ढोका, सेलफोन, सपिंग कार्डलगायतमा चिजमा ब्याक्टेरिया र भाइरस धेरै हुन्छन् । यसले प्राय: एक राम्रो किटाणुशोधन क्लीनरले सफा गर्नुपर्छ, जसमा ५ प्रतिशत हाइड्रोजन पेरोक्साइड भएको हुनुपर्छ ।

टिस्युः महामारीको समयमा मात्र नभएर घरबाहिर निस्किँदा टिस्यु जहिले पनि अनिवार्य बोक्नुपर्छ । खोक्दा वा हाच्छ्यूँ गर्दा मुख र नाक छोप्न, अनुहार पुछ्न, ढोका सफा गर्ने, ढोकाका ह्यान्डक तथा लिफ्ट बटन छुन टिस्ययुको प्रयोग गर्न सकिन्छ ।

कीटाणु र ब्याक्टेरियाको जोखिम सीमित गर्नको लागि टिस्यु एक सजिलो समाधान हो ।

पानीको बोटलः सबै मौसममा शरीरलाई हाइड्रेटेड राख्नु महत्त्वपूर्ण हुन्छ । त्यसैले घरबाहिर जाँदा पसलमा गएर पानी किन्नुभन्दा पनि आफैँ पानीको बोतल बोक्नुपर्छ । बाहिर पानी पिउँदा वा अन्य ठाउँको पानीको प्रयोगले किटाणुको जोखिमलाई बढाउन सक्छ ।