Rumpum Advertisement
Dazzu

आईसीयूमा भर्ना भएका गजुरेलको स्वास्थ्य अवस्थामा सुधार

आईसीयूमा भर्ना भएका गजुरेलको स्वास्थ्य अवस्थामा सुधार

विराटनगर, २१ कात्तिक । कोरोना संक्रमणका कारण आईसीयूमा राखेर उपचार गरिँदै आएका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

पारिवारिक स्रोतका अनुसार कोरोनाका कारण उनलाई निमोनिया देखिएको बताइएको छ ।

उनलाई बुधबार दिउँसो आईसीयूमा सारिएको र अहिले स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको जानकारी गराइएको छ ।

कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले आफ्नो दाजुलाई अस्पताल लाने-लैजाने गरिरहेका थिए । अघिल्लो सातादेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाईको समस्या देखिएपछि पिसीआर परीक्षण गराउँदा उनको नतिजा पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो ।