Rumpum Advertisement
Dazzu

भाइमसलाको दाम घट्यो, २० प्रतिशत मूल्य घटेपनि माग छैन

भाइमसलाको दाम घट्यो, २० प्रतिशत मूल्य घटेपनि माग छैन

काठमाडाैं, २१ कात्तिक । कोभिड-१९ संक्रमणको जोखिम काम गर्न जारी गरिएको लकडाउन खुकुलो भएपछि जनजीवन केही सहज बन्दै गएपनि चाडपर्वहरूमा चहलपहल देखिँदैन ।

दसैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन । व्यवसायीहरू विगत वर्षहरूभन्दा आधा बढीले व्यापार कम भएको बताउँदै आएका छन् ।

तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसहरूमा उत्साह छैन । कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरू पनि ठप्प रहेका छन् ।

विगत वर्षहरूभन्दा यो वर्ष तिहारको किनमल आधाभन्दा बढीले घटेको व्यवसायीहरू बताउँछन् ।
भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरू नआएको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको छ । यद्यपि विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरू किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए ।

तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ ।

माग पनि विगतजस्तो छैन । व्यवसायीहरू आधाभन्दा बढीले व्यापार घटेको बताउँछन् ।