Rumpum Advertisement
Dazzu

भारतीय सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री ओलीसँग भेट गरे

भारतीय सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री ओलीसँग भेट गरे

काठमाडाैं, २१ कात्तिक । भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्‍त्रीसँग भेटेका हुन् । प्रधानमन्‍त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ ।

सेनाध्यक्ष नरवणे बुधबार नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आइपुगेका हुन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।