Rumpum Advertisement
Dazzu

एनआरएनएले स्वास्थ्य मन्त्रालयलाई दियो १ करोड २० लाखको सामग्री

एनआरएनएले स्वास्थ्य मन्त्रालयलाई दियो १ करोड २० लाखको सामग्री

काठमाडौं, २१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

एनआरएनएले जापानबाट प्राप्त करिब एक करोड रुपैयाँ मूल्य पर्ने १० हजार पिस एन्टी जिन शुक्रबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आ हस्तान्तरण गरे ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे ।

एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरूले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको चर्चा गरे ।