Rumpum Advertisement
Dazzu

१३ वर्षपछि रिलिज हुँदैछ कपिल शर्माको डेब्यू फिल्म, हिरोइन नै भइसकिन् दुई बच्चाकी आमा

१३ वर्षपछि रिलिज हुँदैछ कपिल शर्माको डेब्यू फिल्म, हिरोइन नै भइसकिन् दुई बच्चाकी आमा

विराटनगर, २१ कात्तिक । भारतका चर्चित कमेडियन कपिल शर्माको डेब्यू फिल्म निर्माण भएको १३ वर्षपछि रिलिज हुने भएको छ । १३ वर्षअघि छायांकन सकिएर निर्माण गरिएको फिल्म ‘इट्स माइ लाइफ’ को रिलिज मिति सार्वजनिक भएको हो ।

२९ नोबेम्बरमा ओटीटी प्लेटफर्म तथा थिएटर नभएर सिधैँ टिभी च्यानलमा फिल्म रिलिज हुने भएको छ । फिल्म जिटिभीबाट रिलिज हुने भएको छ । फिल्ममा नाना पाटेकर, हरमन बावेजा र जेनेलिया डिसुजाको मुख्य भूमिका रहेको छ ।

‘ग्रेट इन्डिया लाफ्टर च्यालेन्ज’को दोस्रो सिजन जितेपछि कपिलले फिल्ममा काम गर्ने मौका पाएका थिए । उनले नाना पटेकरको नोकरको भूमिका निर्वाह गरेका छन् ।

सन् २००६ मा रिलिज भएको सिद्धार्थ, प्रकाश राज र जेनेलिया अभिनित फिल्म ‘बोम्मारिलु’को हिन्दी रिमेक  हो ।

फिल्मका निर्माता बोनी कपुरले राइट किनेर चर्चित लेखक अनीस बज्मीसँग मिलेर यो फिल्म बनाएका थिए । फिल्ममा काम गर्ने सबै कलाकार धेरै वर्षदेखि अभिनयमा सक्रिय भएका छैनन् । 

फिल्मकी हिरोइन जेनेलिया डिसुजा विवाह गरेर पनि दुई बच्चाको आमासमेत बनिसकेकी छन् भने यसका एक अभिनेता हरमन बावेजा अभिनय क्षेत्रबाट बाहिर छन् ।

फिल्ममा हरमनको बुबाको भूमिका निर्वाह गर्ने नाना पाटेकर मीटु कान्डमा नाम आएपछि अहिले अभिनयभन्दा बाहिर छन् ।