Rumpum Advertisement

साइकल चलाएर तौल घटाउन यी कुरामा ध्यान दिनुहोस्

साइकल चलाएर तौल घटाउन यी कुरामा ध्यान दिनुहोस्

विराटनगर, २१ कात्तिक । तौल घटाउनका लागि व्यायाम र जिम जान अल्छी लागेमा साइकलिङले पनि ठूलो मद्दत हुन सक्छ ।

साइकलिङ केवल रमाइलो गतिविधिका लागि मात्र नभएर मांसपेशीलाई टोन गर्न, हड्डीलाई सुदृढ पार्न र तौल घटाउनका लागि उपयुक्त हुन सक्छ ।

तर, केवल साइकल चलाएर लामो यात्रा गर्दा तौल घटाउने लक्ष्य प्राप्त गर्न मद्दत गर्दैन । साइकल चलाएर तौल घटाउने लक्ष्य हासिल गर्नका लागि एक योजना बनाउनुपर्ने हुन्छ ।

तौल घटाउन साइकलिङ गर्ने मानिसले यी ५ कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छः

१) साइकल चलाएर तौल कम गर्न प्रयास गर्दा पेडल गरेको समय महत्त्वपूर्ण हुन्छ । प्रत्येक व्यक्तिको मेटाबोलिज्म फरक हुने हुँदा साइकल चलाउने समय निर्धारण गर्नका लागि पहिला शरीरको आवश्यकता बुझ्नुपर्दछ ।

एक घण्टा साइकलिङले शरीरको ५ सय क्यालोरी वर्न गर्न मद्दत गर्छ । लगातार साइकल चलाउनुका साथै स्वस्थ आहारले एक हप्तामा ५ सय ग्राम तौल कम गर्न सकिन्छ ।

२) साइकल चलाएर तौल घटाउने निर्णय गर्नेले साइकल चलाउने सही समय निर्धारण गर्नुपर्छ । ब्रेकफास्ट गर्नुअघि हरेक बिहान साइकल चलाउनुपर्छ । अध्ययनको दावीअनुसार खाली पेटमा साइकल चलाउँदा २० प्रतिशत चाँडो र प्रभावकारी तरिकाले क्यालरी बर्न मद्दत गर्छ । यसले दिमागलाई स्फूर्ति दिनुका साथै दिन सुरु गर्नका लागि उर्जा पनि प्रदान गर्छ ।

३) साइकल चलाउन थालेपछि विस्तारै सवारीको दूरी बढाएर शरीरलाई चुनौती दिनुपर्छ । साइएकमा लामो यात्रा गरेर बेली फ्याट घटाउनु राम्रो तरिका हो । कम भीड भएको सडकमा साइकल चलाउँदा लामो यात्रा गरी सजिलै शरीरको बोसो घटाउन सकिन्छ ।

४) एकचोटि सिधा सडकमा साइकल चलाउन सहज भइसकेपछि साइकललाई हल्का पहाड वा स्लोप भएको बाटोमा चलाउने प्रयास गर्नुपर्छ । स्लोपतिर साइकल चलाउन कठिन हुने हुँदा यसले अधिक क्यालोरी बर्न गरी छिटो तौल घटाउन मद्दत गर्छ ।

५) सही आसनमा साइकल चलाए मात्र तौल घटाउन सकिन्छ । त्यसैले सही आसन, गति, पकडमा साइकल चलाउने गरेको छ कि छैन भनेर निश्चित गर्नुपर्छ । यी सबै चीजहरूबाहेक स्वस्थ आहारको सेवन गरी लगातार व्यायाम गर्ने तालिकालाई पालना गर्नुपर्छ । तौल कम गर्ने कुरामा मात्र नभइ एक मानिसले स्वस्थ र फिट जीवनशैली अपनाउनु पर्ने हुन्छ ।