Rumpum Advertisement

डी मारिया अर्जेन्टिनी टोलीमा फर्किए

डी मारिया अर्जेन्टिनी टोलीमा फर्किए

विराटनगर, २१ कात्तिक । फिफा विश्वकप छनौट खेलका लागि अर्जेन्टिनी टोली घोषणा भएको छ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनौटअन्तर्गत पाराग्वे र पेरुविरुद्ध खेल्ने २५ सदस्यीय टोली घोषणा गरेका छन् ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा एन्जल डी मारिया पनि समावेश छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार डी मारिया अघिल्लो पटक घोषणा गरिएको टोलीमा पर्न सकेका थिएनन् ।

यसैगरी बेन्फिकाका स्टार निकाेलास ओटाेमन्डी पनि टोलीमा समावेश छन् । यता, म्यानचेस्टर सिटीका स्टार अग्युरो भने यसपटक पनि टाेलीमा पर्न सकेनन् ।

अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत अगामी शुक्रबार पाराग्वेसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्जेन्टिनाले पेरुविरुद्ध खेल्नेछ ।

सो टोलीमा मेस्सीका साथै पाउलो डेबाला र लाउटारो मार्टिनेज पनि टोलीमा छन् ।

अर्जेन्टिना विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ६ अंकसहित दाेस्रो स्थानमा छ । उसले यसअघि बोलिभिया र इक्वाडरमाथि जित निकालेको थियो ।