Rumpum Advertisement
Dazzu

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडाैं, २१ कात्तिक । स्थानीय बजारमा आज (शुक्रबार) सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

बिहीबार सुनको मूल्य तोलामा सय रुपैयाँ घटेर ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी आज तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।