Rumpum Advertisement
Dazzu

कलाकार राजाराम पौडेललाई ‘भैरव पुरस्कार’

कलाकार राजाराम पौडेललाई ‘भैरव पुरस्कार’

काठमाडौं, २१ कात्तिक । हाँस्यकलाकार राजारामलाई ‘भैरव पुरस्कार’ प्रदान गरिने भएको छ । हरेक दुई वर्षमा वितरण हुँदै आएको यस पुरस्कार यो वर्ष पौडेललाई प्रदान गरिने भएको हो ।

हाँस्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार मध्य भैरव प्रतिभा पुरस्कार पौडेललाई प्रदान गर्न लागिएको हो । यसैगरि भैरव पुरस्कार रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा. डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई यो वर्ष पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पौडेल २०३७ सालमा रिलिज ‘बासुदेव’ फिल्मबाट अभिनयमा होमिएका थिए । पौडेलले तीन सय बढी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।

प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ ?’, ‘खप्पर’, ‘रसरङ्गी’लगायत कृति प्रकाशित छन् ।