Rumpum Advertisement
Dazzu

‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएपछि बाबुरामले भने-‘दालमा कालो छ है !’

‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएपछि बाबुरामले भने-‘दालमा कालो छ है !’

काठमाडाैं, २१ कात्तिक । सरकारले मन्त्रिपरिषदबाट देशको नाम ‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

मन्त्रिपरिषदको ११ असोजमा बसेकाे बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकाे थियो । सोही निर्णयअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।

सो निर्णयप्रति आपत्ति जनाउँदै बाबुरामले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणालीअनुरूप हुने आम प्रचलन हो । सोहीअनुसार नेपालको नाम “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” रहेकोमा ओली सरकार किन पछि हटेको हो ? यो स्वीकार्य छैन ! दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ! खबरदार !’