Rumpum Advertisement
Dazzu

झापामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु

झापामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु

झापा, २१ कात्तिक । झापामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म झापामा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५८ रहेकाे छ ।

कार्यालयको तथ्यांकअनुसार झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ ।

झापामा हालसम्म ३० हजार ४४१ जनाको स्वाब परीक्षण गरिएको छ, जसमध्ये २३ सय ६२ जनामा कोरोना देखिएको छ ।

तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले बताए ।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, बिर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाइँले बताए ।