Rumpum Advertisement
Dazzu

अमेरिकी राष्ट्रपतीय निर्वाचन : बाइडेन २७० इलेक्टोरेल मतको नजिक

अमेरिकी राष्ट्रपतीय निर्वाचन : बाइडेन २७० इलेक्टोरेल मतको नजिक

विराटनगर, २१ कात्तिक । अमेरिकामा हालै सम्पन्न भएको निर्वाचनको मतगणना महत्वपूर्ण राज्यमा केन्द्रित भएको छ । हालसम्मको मतगणना जारी रहँदा बाइडेनले २५३ इलेक्टोरेल कलेज भोट प्राप्त गेरको छन् भने ट्रम्प २१४ इलेक्टोरेल भोटभन्दा अघि बढन सकेका छैनन् ।

अहिले पेन्सिलिभानिया, जर्जिया, नेभाडा, एरिजोना र उत्तर क्यारोलिना जस्ता महत्वपूर्ण राज्यहरूमा मतगणना भइरहेको छ ।

यी राज्यमा भइरहेको मतगणना परिणामको आधारमा दुईबीचमा कडा प्रतिस्पर्धा देखिएको छ । दुवैबीच झिनो मतान्तर मात्र देखिएको छ । तर उक्त मतान्तरले अघि रहेका बाइडेन २७० इलेक्टोरेल मत प्राप्त गर्ने लक्ष्यमा कमै प्रभाव पार्ने देखिएको छ ।

पेन्सिलिभानियामा ०.३ प्रतिशतले ट्रम्पले अग्रता लिएका छन् । जर्जियामा बाइडेन र ट्रम्पले प्राप्त गरको मतमा कुनै अन्तर छैन भने नाभेडा र एरिजोनामा ०.९ र १.६ प्रतिशतले बाइडेनले अग्रता लिएका छन् ।

नर्थ क्यारोलिनामा मात्र ट्रम्पले १.४ प्रतिशत मतले अग्रता लिएका छन् । यसपछि ६ वटा राज्यमा मात्र मतगणनाका लागि बाँकी रहने छन् ।

हालसम्म प्राप्त मत परिणामले डोनाल्ड ट्रम्पको बोलीमा धम्कीका शब्दहरू आउन थालेका छन् । हुलाकी र मेल–इन मतदान प्रक्रियामा धाँधली भएको आरोप डोनाल्ड ट्रम्पले बारम्बार दोहोर्‍याउँदै आएका छन् ।

उपेक्षाकृत मतपरिणाम नआएको कारण अदालत जानेबारेमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । हालसम्मको मत परिणाम र बाइडनले लिएको अग्रतालाई हेर्दा ट्रम्पको ह्वाइट हाउसको दौड कमजोर हुने देखिएको छ ।

स्रोतः सीएनएन