Rumpum Advertisement
Dazzu

भारत, बेलायत, फिलिपिन्स र बेल्जियमका नागरिकले चीन प्रवेश गर्न नपाउने

भारत, बेलायत, फिलिपिन्स र बेल्जियमका नागरिकले चीन प्रवेश गर्न नपाउने

विराटनगर, २१ कात्तिक । चीनले भारत, बेलायत, फिलिपिन्स र बेलायतका नागरिकलाई आफ्नो देशमा प्रवेशका लागि अल्पकालीन रूपमा प्रतिबन्ध लगाएकाे छ ।

कोरोना भाइरसको महामारीका कारण ती देशका नागरिकलाई चीन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालीन रूपमा चीन प्रवेशमा रोक लगाइएको छ ।’

यसैगरी बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले पनि यस्तै घोषणा गरेका थिए ।

यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।