Rumpum Advertisement
Dazzu

तिहारमा देउसीभैलो र छैठमा ठूलो जमघट गर्न नपाइने

तिहारमा देउसीभैलो र छैठमा ठूलो जमघट गर्न नपाइने

विराटनगर, २१ कात्तिक । कोभिड–१९ को संक्रमण दर तीब्र रहेको समयमा मोरङमा तिहारमा देउसीभैलो र छैठ पर्वमा जमघट गर्न नपाइने भएको छ ।

तिहारमा खेलिने देउसीभैलो र छैठ पर्वलाई लक्षित गरि जिल्ला प्रसासन कार्यालय मोरङले निषेधाज्ञा जारी गर्ने भएको हो ।

तिहार र छैठमा समूहमा मानिसहरू भेला हुने भएकोले त्यसलाई रोक्न निषेधाज्ञा जारी गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । उनले भने, ‘तिहार र छैठमा पनि दसैंमा जस्तै निषेधाज्ञा लगाउने छौँ ।’

संक्रमण फैलिरहेको अहिलेको अवस्थामा चाड पर्वमा मानिसहरू समूहमा भेला हुँदा झनै जोखिम बढ्ने भएकोले भेला नहुन अनुरोध गर्न सुरु गरिसकेको उनले बताए ।

उनले भने, ‘समूहमा गरिने देउसीभैलो, समूहमा गरिने क्रियाकलाप नगर्न अनुरोध गरिरहेका छौँ ।’ तिहार र छैठको समयमा समूहमा हुने भेला रोक्न सुरक्षा संयन्त्र परिचालन गरिनेसमेत उनले जानकारी दिए ।