Rumpum Advertisement
Dazzu

विराटनगरको एउटै वडामा ६९२ कोरोना संक्रमित

विराटनगरको एउटै वडामा ६९२ कोरोना संक्रमित

विराटनगर २१ कात्तिक । विराटनगर महानगरपालिकाको एउटै वडामा कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ । वडा नम्बर ३ मा कोरोना संक्रमितको संख्या ६९२ पुगेको हो । शुक्रबार बिहानसम्म विराटनटनगरका १९ वडामा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ८६ छ ।

कुन वडामा कति संक्रमित ?

नगरका सबै वडामा संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार महानगरको वडा–१ मा ४ सय ५६ संक्रमित छन् । वडा नम्बर २ मा ३६२ संक्रमित छन् । विराटनगर ३ मा ६९२ संक्रमित छन् ।

विराटनगर ४ मा ५४१ जना संक्रमित छन् । वडा ५ मा ४६७, वडा नम्बर ६ मा २७१, ७ मा ३२६ जना कोरोना भाइरसबाट संक्रमित छन् ।

महानगरको ८ नम्बर वडामा ४३४, ९ मा १७६, वडा नम्बर १० मा २७७, ११ मा २७८, १२ मा ३८५ जना कोरोना संक्रमित छन् । त्यस्तै १३ मा १३०, १४ मा ९०, १५ मा १८० जना संक्रमित छन् ।

विराटनगर १६ मा ६८, १७ मा ३३ जना १८ मा १४ र १९ नम्बर वडामा ५९ जना संक्रमित भएका छन् ।

अहिलेसम्म वडा नखुलेका ३ सय जना संक्रकित महानगरको तथ्यांकमा देखिएको छ । संक्रमितमध्ये आधाभन्दा बढी डिस्चार्ज भएको महानगरपालिकाले जनाएको छ ।