Rumpum Advertisement
Dazzu

हाँस्य कलाकार गजुरेलको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

हाँस्य कलाकार गजुरेलको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं, २१ कात्तिक । हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेकाे छ । कोरोना संक्रमण पुष्टि भएका उनको अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

संक्रमण पुष्टि भएपछि घरमै आइसोलशनमा रहेका उनी बुधबार स्वास्थ्य अवस्था जटिल भएपछि सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका थिए ।

पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।

गजुरेललाई ११ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दाजुलाई अस्पताल लाने-लैजाने गरेको र अघिल्लो सातादेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले पिसीआर परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको जनाएका थिए ।