Rumpum Advertisement

राष्ट्रपतिको भूमिका गलत छ : भीम रावल

राष्ट्रपतिको भूमिका गलत छ : भीम रावल

विराटनगर, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको आन्तरिक समस्यामा सक्रिय बनेको समाचार आइरहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रावलले राष्ट्रपति भण्डारी पार्टीको आन्तरिक समस्यामा सक्रिय बनेको बताउँदै उनको भूमिका गलत भएको उल्लेख गरे ।

ट्वीटरमा उनले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघ, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’