Rumpum Advertisement
Dazzu

कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २४ गते बस्ने

कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २४ गते बस्ने

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २४ कात्तिकमा बस्ने भएको छ ।

यसअघि २१ कात्तिकका लागि तय गरिएको सो बैठक २४ कात्तिक दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको उनले बताए ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्नेक्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२:३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।