Rumpum Advertisement
Dazzu

कैलालीमा कोरोनाबाट वडाध्यक्षको निधन

कैलालीमा कोरोनाबाट वडाध्यक्षको निधन

कैलाली, २१ कात्तिक । कैलालीको गौरीगंगा नगरपालिकाका-३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान ६ः२५ बजे निधन भएको उपमेयर अञ्जला चौधरीले जानकारी दिइन् ।

६३ वर्षीय शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए ।