Rumpum Advertisement
Dazzu

काेराेना संक्रमित दुई महिलाको विराटनगरमा मृत्यु

काेराेना संक्रमित दुई महिलाको विराटनगरमा मृत्यु

विराटनगर, २१ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरमा उपचाररत थप दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो । धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको बस्नेतले बताए ।

विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको आचार्यले बताए ।