Rumpum Advertisement
Dazzu

कोरोना संक्रमित छोरो अस्पतालमा छन्, घरमा बुबा बिते

कोरोना संक्रमित छोरो अस्पतालमा छन्, घरमा बुबा बिते

विराटनगर, २१ कात्तिक । बेलबारी नगरपालिका– ३ का युवराज सुवेदी कोरोना संक्रमणपछि उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा छन् ।

अस्पतालमा उनको अवस्था सुधारउन्मुख छ । तर घरमा भने उनको बुबाको मृत्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका छोराको अवस्था गम्भिर भएको सुने लगतै ७० वर्षीय बुबा खगेन्द्रको मृत्यु भएको हो ।

मृतकका भाई पर्श सुवेदीका अनुसार छोराको अक्सिजन लेभल कम भएको सुने लगतै बुबा खगेन्द्र एक्कासी बेहोस भएका थिए ।

१८ कात्तिकमा बेहोस भएका उनको अस्पताल लैजान नपाउँदै मृत्यु भएको थियो । छोरालाई संक्रमण देखिएपछि पीसीआर गर्दा खगेन्द्रको रिपोर्ट भने नेगेटिभ आएको थियो । सुवेदीका दुई छोरा छन् ।