Rumpum Advertisement
Dazzu

युरोपा लिग : टोटनह्यामको सहज जित

युरोपा लिग : टोटनह्यामको सहज जित

विराटनगर, २१ कात्तिक । युरोपा लिगमा टोटनह्यामले सहज जित दर्ता गराएको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले बुल्गेरियन क्लब लुडोगोरेट्समाथि ३–१ गोलको सहज जित निकालेको हो ।

लुडोगोरेट्सको मैदानमा पाहुना टोली टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।

३२औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटनह्यामले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो ।

५०औं मिनेटमा घरेलु टोलीका क्लाउडिउ केसेरुले गोल गर्दै लुडोगोरेट्सलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६२औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटनह्यामलाई ३–१ गोलले जिताए ।

जितसँगै टोटनह्यामले ३ खेलबाट ६ अंक बनाएको छ । ऊ समूह ‘जे’को शीर्ष स्थानमा छ । अंकविहीन लुडोगोरेट्स चौथो स्थानमा छ ।