Rumpum Advertisement
Dazzu

विराटनगर भन्सारको काम तीन दिन बन्द

विराटनगर भन्सारको काम तीन दिन बन्द

विराटनगर, २१ कात्तिक । विहारको विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचन शनिबार हुँदैछ ।

चुनावी सुरक्षालाई ध्यानमा राख्दै वबहीबार साँझ ६ बजेदेखि सीमा नाकामा पूर्ण रोक लगाइएको छ। शनिबार हुने तेस्रो चरणको चुनावमा अररिया जिल्ला पनि परेकाले भन्सारको कामसमेत बिहीवार साँंझदेखि शनिबार साँझसम्मका लागि बन्द गरिएको छ ।

गत चैत ११ गतेबाट सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेकाले भन्सारको कामबाहेक अरू सबै काम बन्द नै थियो । यही बीचमा केही दिन अगाडि भारतले सीमा नाका खोले पनि नेपालतर्फ खुल्ला गरिएको छैन ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सीमाबाट जबर्जस्ती आवतजावत गर्ने तीन सय ५० जनालाई प्रहरीले पक्राउ गरी एक दिन क्वारेन्टाइनमा राखेर छाड्यो । क्वारेन्टाइनमा राख्दा खर्च हुने भएकाले स्थानीय निकायले प्रहरीलाई सहयोग नगरेको हुँदा क्वारेन्टाइनमा राख्न बन्द गरियो।

अहिले प्रहरीले सीमामा आवतजावत गर्नेहरूलाई पशुलाई जस्तो लखेट्ने गरेको छ । चुनावका कारण भारतीय सुरक्षाकर्मीहरूले पनि सीमामा कडाई गरेको हुनाले दुई दिन मानिसको आवतजावत बन्द भए पनि तिहार र छठ पर्व मुखैमा आएकाले नियम उल्लंघन गर्ने मानिसलाई कार्वाही गर्न प्रहरीलाई सहज छैन । यही मौकामा व्यापारीहरूले पनि जोगबनीबाट सामान केरिङ गराइरहेका छन् । आजको उद्घोष दैनिकमा समाचार छ