Rumpum Advertisement
Dazzu

अमेरिकामा संक्रमित एक करोड नजिक

अमेरिकामा संक्रमित एक करोड नजिक

विराटनगर, २१ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड नजिक पुगेको छ ।

पछिल्लो समय दैनिक एक लाख बढी नयाँ बिरामी थपिने क्रमसँगै संक्रमित संख्या ९९ लाख नौ हजार नौ सय ७८ पुगेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख आठ हजार छ सय ६० जना नयाँ बिरामी थपिए । यो दैनिक संक्रमण पुष्टि हुने संख्याभन्दा निक्कै उच्च हो ।

अमेरिकामा दैनिक ५० हजार हाराहारीमा संक्रमण देखिने गरेको थियो । तर पछिल्लो केही दिन यता लाख बढीलाई संक्रमण भइरहेको छ । अमेरिकामा भएको राष्ट्रपति निर्वाचन र निर्वाचनका क्रममा भएको भीडभाड, जमघट एवं कार्यक्रमहरुले पछिल्लो समय तीव्र रुपमा फैलिएर कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको अनुमान गरिएको छ ।

अमेरिकामा कोरोनाका कारण हालसम्म दुई लाख ४० हजार आठ सय ९२ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार ६३ जनाको ज्यान गयो । संक्रमितमध्ये ६३ लाख ३४ हजार सात सय ५१ जना उपचारपछि घर फर्किएका छन् । ३३ लाख ३४ हजार तीन सय ३५ जना उपचाररत रहेकोमा १८ हजार ७४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा संक्रमित संख्या ८४ लाख ११ हजार ३४ पुगेको छ । एकै दिन ४७ हजार छ सय २२ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण एक लाख २५ हजार २९ जनाको मृत्यु भइसकेको छ । २४ घण्टाभित्र छ सय ७५ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ७७ लाख ६४ हजार सात सय ६३ जनाको उपचार सम्भव भएको छ । पाँच लाख २१ हजार दुई सय ४२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन २३ हजार तीन सय १७ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५६ लाख १४ हजार दुई सय ५८ पुगेको छ । कोरोनाका कारण एक लाख ६१ हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय नौ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सफल भएको छ । तीन लाख ८८ हजार एक सय ३५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९३ हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्रमा पाँच लाख ८६ हजार आठ सय चार जना नयाँ बिरामी थपिए । १२ लाख ३८ हजार सात सय २८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एकै दिन आठ हजार छ सय १९ जनाको मृत्यु भयो ।

तीन करोड ४९ लाख ५५ हजार ५४ जना उपचारपछि घर फर्किएका छन् । एक करोड २७ लाख ९९ हजार तीन सय ५७ जना उपचाररत रहेकोमा ८९ हजार नौ सय ६३ जनाको अवस्था चिन्ताजनक छ ।