Rumpum Advertisement

पेट घटाउने विषयमा फैलिएका यी पाँच भ्रम

पेट घटाउने विषयमा फैलिएका यी पाँच भ्रम

विराटनगर, २० कात्तिक । अधिकांश मानिसका लागि पेटको बोसो कसरी घटाउन सकिन्छ भन्ने चिन्ताको विषय हो । यसकारण छिटो परिणामहरूको आश्वासन दिने केही नयाँ आहार तथा फिटनेस उपकरण आउँदा प्राय: व्यक्ति यसमा विश्वास गर्ने गर्छन् ।

आश्वासन दिने यस्ता उपकरण तथा आहारले समेत तौल घटाउने लक्ष्य पूरा गर्न मद्दत गर्न सक्दैन । पेटको फ्याट कम गर्नका लागि फैलिएको यी पाँच भ्रमलाई विश्वास गर्न छोड्नुपर्छ ।

१) कुनै एक निश्चित व्यायामले शरीरको केही खास क्षेत्रको मात्र केही इन्च घटाउन मद्दत गर्न सक्दैन । शरीरको प्रत्येक क्षेत्रबाट बिस्तारै तौल घट्ने हुँदा पेटको लागि मात्र भनेर गरिने निश्चित व्यायामले पेटको वरिपरि स्नायुहरू सक्रिय गर्दछ, तर यसको मतलब पेटको तौल छिटो कम हुन्छ भन्ने हुँदैन ।

२) शरीरमा उपस्थित सबै प्रकारका फ्याट समान हुन्छन् भन्ने डोचिन्छ, तर त्यस्तो हुँदैन । पेटको वरिपरि जम्मा भएको बोसो शरीरको अन्य अंगमा भएको भन्दा बढी खतरनाक हुन्छ ।

छालाभित्र हुने बेली फ्याट गएको अंगको वरिपरि हुनेगर्छ जसले इन्सुलिन प्रतिरोध गरी टाइप २ मधुमेह, हृदयसम्बन्धी समस्या जस्ता स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।

३) केही व्यक्तिहरू क्याप्सिकम र रातो खोर्सानीको सेवनले पेटको बोसो छिटो पग्लिन मद्दत गर्छ भनेर विश्वास गर्छन् । तर, यी दावीले कुनै परिणाम देखाउँदैनन् । यसले केवल मेटाबोलिज्मलाई बढावा दिएर तौल घटाउने प्रक्रियालाई छिटो गर्न सक्छ । तर, यसले पेटको क्षेत्रबाट विशेषगरी बोसो कम गर्न सहयोग गर्दैन ।

४) टिभीमा द्रुत नतिजा आउने भन्दै पेट तथा कम्मर घटाउने औषधि, बेल्ट तथा अन्य विभिन्न विज्ञापन आउने गर्छ । तर, उपकरणको प्रयोगले वास्तवमै काम गर्दैनन् । पेटको बोसो घटाउने कुनै सर्टकट छैन । पेट घटाउनका लागि व्यायाम र आहार नै आवश्यक हुन्छन् ।

५) अत्याधिक बोसोयुक्त खाना खाएर मात्र पेट र कम्मर बढ्छ भन्ने हुँदैन । यो अस्वस्थ आहार, निष्क्रियता, निन्द्रा, र अन्य जीवनशैली बानीको परिणाम हो । यी सबैलाई परिवर्तन गरेर र स्वस्थ जीवनशैली बानी अभ्यास गर्दा मात्र पेट तथा कम्मरबाट केही इन्च घटाउन सकिन्छ ।