Rumpum Advertisement
Dazzu

मुम्बईद्वारा दिल्लीलाई २०१ रनको चुनाैती

मुम्बईद्वारा दिल्लीलाई २०१ रनको चुनाैती

विराटनगर, २० कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २०१ रनको लक्ष्य दिएको छ ।

बिहीबार दुबई रंगशालामा भएको पहिलो क्वालिफायर खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ५ विकेट गुमाउँदै २०० रन बनायो ।

साविक विजेतासमेत रहेको मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने इशान किशनले अजिवित ५५ रनकाे अर्धशतकीय पारी खेले ।

क्वीन्टन डी ककले ४० रन बनाउँदा हार्दिक पाण्ड्याले अजिवित ३७ रन बनाए । क्रुनाल पाड्याले १३ रन जोड्दा कप्तान रोहित शर्मा र किरोन पोलार्ड शून्य रनमै पेभिलियन फर्किए ।

बलिङतर्फ दिल्लीका रविचन्द्रन आश्विनले ३ विकेट लिए भने एनरिच नोर्त्जे र मार्कुस स्टोइनिसले समान एक–एक विकेट झारे ।

यी दुई बीचको खेलमा जित निकाल्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ ।