Rumpum Advertisement
Dazzu

रोनाल्डो पोर्चुगिज टोलीमा

रोनाल्डो पोर्चुगिज टोलीमा

विराटनगर, २० कात्तिक । क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तथा यूईएफए नेशन्स लिग खेल्ने पोर्चुगलको टोलीमा परेका छन् ।

बिहीबार पोर्चुगलले घोषणा गरेको टोलीमा युभेन्टसका स्ट्राइकर रोनाल्डो पनि समावेश छन् ।

पोर्चुगलले बुधबार मैत्रीपूर्ण खेलअन्तर्गत एन्डोरासँग खेल्दैछ । यस्तै पोर्चुगलले नेशन्स लिगमा फ्रान्स र क्रोएशियासँग खेल्दैछ ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले केही समयअघि कोरोना संक्रमण भइ नेशन्स लिगमा स्वीडनसँगको खेल गुमाएका थिए ।

१३ अगस्टमा कोरोना पुष्टि भएका ३५ वर्षीय रोनाल्डो १९ दिनमा संक्रमणमुक्त भएका थिए । गत आइतबारबाट मैदान फर्किएका उनी पुनः पोर्चुगलको टोलीमा परेका हुन् ।

अब उनले बुधबार एन्डोरासँग खेल्नेछन् भने १४ नोभेम्बरमा फ्रान्ससँग र त्यसको तीन दिनपछि क्रोएशियासँग खेल्नेछन् ।