Rumpum Advertisement
Dazzu

ट्रम्पले दिए मतगणना रोक्न निर्देशन

ट्रम्पले दिए मतगणना रोक्न निर्देशन

विराटनगर, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ५ सय ३८ निर्वाचक मतमध्ये अब ७१ मतका लागि मतगणना गर्न बाँकी छ ।

बाइडेनले विजयी हुन आवश्यक पर्ने २ सय ७० निर्वाचक मत हासिल गर्न १७ मत जित्नुपर्ने अवस्था छ । बाइडेनको २ सय ५३ र डोनाल्ड ट्रम्पको २ सय १४ निर्वाचक मत छ ।

राष्ट्रपति निर्वाचित हुन निर्वाचक मण्डलका कुल ५३८ मध्ये २७० मत ल्याउनु पर्नेमा डेमोक्रयाटिक पार्टीका जो बाइडेनले हालसम्म २५३ मत प्राप्त गरेका छन् भने रिपब्लिकन दलका राष्ट्रपति डोनल्ड ट्रम्पको २१३ निर्वाचक मत छ ।

यसैबीच ट्रम्पले मत गणना रोक्न निर्देशन दिएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले मतगणना रोक्न निर्देशन दिएका हुन् ।